Home » विवेकशील साझा: अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रन्जु दर्शना सहित ३ जना उपाध्यक्ष सर्वसम्मत चयन सर्वसम्मत

विवेकशील साझा: अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रन्जु दर्शना सहित ३ जना उपाध्यक्ष सर्वसम्मत चयन सर्वसम्मत

by newnagarikdiary
0 comment

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रन्जु दर्शना सहित ३ जना उपाध्यक्ष सर्वसम्मत चयन भएकी छन् ।

शनिबार काठमाडौमा सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् । उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन् ।

महाधिवेसनबाट सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशनमा सबै पदाधिकारीलाई सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।

केन्द्रीय सदस्यको लागि भने निर्वाचन गरिने भएको छ । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।

Related Articles

Leave a Comment