Home » वामदेव गौतम नेकपा एमालेमा फर्किंदै

वामदेव गौतम नेकपा एमालेमा फर्किंदै

by newnagarikdiary
0 comment

शिर्षक: वामदेव गौतम नेकपा एमालेमा फर्किंदै

नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुने तयारीमा जुटेका छन् ।

आइतबार एमाले अध्यक्ष ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।

गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् । त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् ।

उनको पार्टी र अभियान प्रभावकारी नभएपछि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहेका गौतम सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि एमालेमा समाहित हुन तयार भएका हुन् ।

Related Articles

Leave a Comment