Home » ललितपुर महानगरले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ

ललितपुर महानगरले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ

by newnagarikdiary
0 comment

शिर्षक: ललितपुर महानगरले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ ।

ललितपुर महनगरले सडकको धुलो पखाल्न दुईवटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ ।

पानी ट्याङकीबाट निस्कने पानीको फोहोरले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएको विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको विरुवा पखाल्न समेत यसको प्रयोग गरिने ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हाल्ने काम गर्छ ।’ नगर प्रमुख महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रबद्र्धनका लागि यो साधन खरिद गरेको बताए । ललितपुर महानगर एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकल खरिद गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘महानगरपालिकाभित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौं । ’ प्राविधिकहरुका अनुसार यसले आगलागीको बेला आगो निभाउन सहयोग गर्नेछ । ललितपुर महानगरले यसअघि अव्यवस्थित ढंगबाट टाँगिएका तार काट्ने अग्लो मेसिन समेत प्रयोगमा ल्याइसकेको छ ।

Related Articles

Leave a Comment