Home » यूएईले दियो नेपाललाई १५८ रनको लक्ष्य

यूएईले दियो नेपाललाई १५८ रनको लक्ष्य

by newnagarikdiary
0 comment

शिर्षक: यूएईले दियो नेपाललाई १५८ रनको लक्ष्य

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका उनी कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याचआउट भए। इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।

Related Articles

Leave a Comment