Home » माधव नेपाल: काँग्रेस र एमालेलाई घुर्क्याउन समाजवादी मोर्चा गठन भएको होईन

माधव नेपाल: काँग्रेस र एमालेलाई घुर्क्याउन समाजवादी मोर्चा गठन भएको होईन

by newnagarikdiary
0 comment

माधव नेपाल: काँग्रेस र एमालेलाई घुर्क्याउन समाजवादी मोर्चा गठन भएको होईन
नेकपा एसका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा एमालेलाई धम्क्याउनको लागि नभएको बताएका छन् ।

यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको बताउँदै नेपालले समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रतिगमन र यथास्थितिविरुद्ध यो मोर्चा बनेको बताए । नेपालले समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर समाजवादी नेपालको निर्माणको पक्षमा बलियो बनाउने नेपालले बताए ।

यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ । उनले यो पहिला पटकको सहकार्य नभएकाले विश्वासको साथ अघि बढ्ने बताए ।

Related Articles

Leave a Comment