Home » महाअष्टमी,आजै दसैँघर तथा जमराकोठामा दुर्गा भवानी,महाकाली,महासरस्वती र महालक्ष्मीको पुजा गरिन्छ

महाअष्टमी,आजै दसैँघर तथा जमराकोठामा दुर्गा भवानी,महाकाली,महासरस्वती र महालक्ष्मीको पुजा गरिन्छ

by newnagarikdiary
0 comment

शिर्षक: महाअष्टमी,आजै दसैँघर तथा जमराकोठामा दुर्गा भवानी,महाकाली,महासरस्वती र महालक्ष्मीको पुजा गरिन्छ

बडादशै अन्तर्गत एक मुख्य दिन आ आफ्नै परम्परा अनुरुप शक्तिपिठहरुमा बलि समेत दिईने दिन नवरात्र अन्तर्गतको महाअष्टमी ।

नवरात्र अन्तर्गतको महाअष्टमी पर्व अाईतवार मनाइएको छ । घटस्थापनामा स्थापना गरिएको घटमा पूजा गरि दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना गर्ने परम्परा अनुरुप महाअष्टमी मनाईएको छ । आजकै दिन दक्षप्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली महाकाली र भद्रकाली उत्पन्न भएको विश्वास गरि सोह्र सामग्रीले देवीको पूजा अर्चना गर्ने गरिन्छ । आज देशभर दुर्गाभवानीको पूजा आराधना गरि शक्तिपिठहरुमा राँगा, बोका, हाँस कुखुरा लगायत पशुपंक्षीलाई बली दिई महाअष्टमी पर्व मनाउने गरिन्छ ।

आजै दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पुजा गर्ने चलन छ ।

महाअष्टमीका दिन राती जागाराम बसी हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै दर्जनौ राँगा र बोका बलि दिई आ आफ्नै परम्परा अनुसार कालरात्रि मनाउने चलन रहिआएको छ । महाअष्टमीमा भक्तपुरको लायकु दरवार परिसरमा कोत पूजा हुने गर्दछ । राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी,बागलुङको कालिका भगवती तथा डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा धुमधामका साथ पूजाअर्चना हुने गर्दछ ।

Related Articles

Leave a Comment