Home » मर्न चाहेर बाचेका मानसिंह: मानव सेवामा आश्रय लिएपछी यसरी सुनाए कथा

मर्न चाहेर बाचेका मानसिंह: मानव सेवामा आश्रय लिएपछी यसरी सुनाए कथा

by newnagarikdiary
0 comment

शिर्षक: मर्न चाहेर बाचेका मानसिंह: मानव सेवामा आश्रय लिएपछी यसरी सुनाए कथा

मानव सेवा आश्रममा आश्रय लिएका मानसिंह गुरुङको कथा व्यथा

मानव सेवा आश्रममा आश्रय लिदै आएका मान सिंह गुरुङको आफ्नै कथा व्यथा छ, उनि आफ्नो कथा व्यथा यसरी सुरु गर्छन् । म २० वर्षको थिए आफ्नो घरको आगनमा काम गरि रहेको थए तब एक जना गल्लावल आएर उनलाई पल्टनमा भर्ती गरि दिन्छु जान्छस् भन्दा उनलाई ढुङ्गा खोज्दा देउता मिले झै भयाे । उनलेे खुशी हुदै हुन्छ भनेर जुरुक्क जान्छु भने र उठेर उनी आफु जस्ताे अवस्थामा थिए त्यस्तै गल्लावल सँग हिडे र अलि माथि पुगेपछि गल्लावले गुरुङलाई भने आफ्नो पहिलो महिनाकाे तलब चाहिँ मलाई दिनुपर्छ भने । म केही बोल्नै सकिन आफ्नो घरमा अनगिन्ती समस्या भए तापनि उनलेे जागिर पाउने आसमा उनले सहजै हुन्छ भने र माथि भञ्ज्याङमा पुगेपछि झल्यास्स सम्झिए ला… आमालाई त खबर गर्नै बिर्सेीएछु । अब हुन खबर गरेर आमाले जानदिदैन थियो खबर नगरु आमा सुर्ताले मर्ला भन्ने डर त्यसैले एउटा ठूलो कटुसको रुखमा चढेर आमा नआति बस है म फर्कि आउछु। आमाको त जवाफ दिइन्न पहाडमा मेरो आवाज ठाेकिएर पहाडले जवाफ दियो म आउछु म….. आउछु म आउछु… तर आमाको जवाफ आएन ।
म त्यति कै हिडे मनमा हजारौं कुराहरु खेलिरहेका छन् ।
पैसा कमाको घर बनाको ऋण तिरेको बिहे गरेको आमाले नाता नातिनातिना खेलाएको अनेकौं सपना तीन महिनासम्म दरो ट्रेनिङ भयो सर अनि छानिने अन्तिम दिनमा एक जना छनोट गर्ने सर आएर भन्नू भयो तिम्रो हाइट पुगेन अनि म रिङ्गटा चलेर त्यही भुइमा ढले छ्यागाबाट झरे झै भए मेरा सारा सपना छत्ताछुल्ल भए । घर आएर भिरबाट हाम फाले गाउँलेहरुले बचाए । रुखमा झुन्डिए मान्छेले देखेर डाेरी काटेर बचाए । मेटासिट खाए दूध पाउडर परेछ त्यसले पनि मरिन गुडिरहेको गाडीबाट हाम फाले म मरिन त्यसपछि गाउँलेहरुले पागल भनेर मेरो आमालाई भने यदि तेरो छोरालाई बचाउने मन छ भनेपछि आमले मलाई साङ्लोले हात बाधेर राख्नु भयो । मेरो त्यो फलामे साङ्लोसँग यात्रा यति दरिलो भयो कि मेरो जिवनकाे ३२ वर्ष बित्याे । त्यो ३२ वर्षकाे मेरो अश्ली मित्र भनेको परेवा ,काग कुकुर र झिगां थियो । सगैं खाने बस्ने मेरा लागि मानव भन्दा असल साथी नै उनीहरू थिए । ३२ वर्ष पछि भगवानलाई दया लागेर यस मानव सेवा आश्रयलाई पठाए पछि आज म बाचेको छु , धन्यवाद छ मानव सेवा आश्रम तिमी भन्दै नमस्कार गरे । इमान सिंह गुरुङ जस्ता अनगिन्ती सडक पेटिमा आफ्नो जीवन बिताउन बाध्य भएका व्यतिहरुलाई आश्रय दिदै आएको यस् संस्थाले ७७ वटै जिल्लामा आफ्ना शाखा विस्तार गर्दै जाँदा आश्रम र फाउन्डेसनको सहकार्यले मात्रै आर्थिक भार समायोजन नहुने जानकारी दिदै संस्थाका अध्यक्ष रामजी अधिकारीले प्रधानमन्त्री पुष्पकमल तथा नेपाल सरकारले संस्थालाई आवश्यक पर्ने खाना , नाना , छाना, स्वास्थ र शिक्षाका निम्ति सरकारले साथ सहयोगका लागि निम्न लिखित बुद्दाहरुका बारेमा ध्यानाकर्षण गराएका थिए:

1: बेवारिसे, अनाथ ,अशक्त ,असहाय, जाेखिममा परेका नागरिकहरु र सहयोगापेक्षी भएर सडकपेटि एवम् सार्वजनिक स्थलहरुमा जीवनयापन गर्न विवस व्यक्तिहरुकाे अनेकौं समस्याहरु समाधानकाे निरन्तरताको विकल्प नरहेको यस प्रकारका सहयाेगापेक्षी।

2: सहयोगापेक्षी सडकमानवहरुको मानव उचित व्यवस्थापन
तिनै तहको सरकारको दायित्व ।
3: सहयोगापेक्षी सडकमानवहरुको मानवोचित सेवा व्यवस्थापनलाई प्रभावकारी र प्राथमिकताका साथ कार्य गर्न कानुन भैतिक पूर्वाधारको निर्माण वित्तीय व्यवस्थापन र मानवता प्रवद्धमा अभियान्ता परिचालन जस्ता कार्यक्रमहरु दिगो रुपमा संचालन गर्नुपर्ने यसकाे लागि सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई राष्ट्रिय गौरवको योजना बताएर संचालन गर्नु उपयुक्त हुन्छ ।

4: सहयोगापेक्षी सडकमानहरुको उद्धार ,उपचार र हेरचाहको अतिरिक्त शिक्षा, स्वास्थ्य र व्यतित्व विकासका कार्यक्रम संचालन गर्न तीनै तहको सरकारको भूमिका स्पष्ट हुदा संघीय प्रदेश र स्थानीय तहमा मानव सेवा आश्रमलाई आफ्नो सेवा प्रवाह गर्न सहज हुने भएकोले त्यसतर्फ सरकार राजनैतिक दल र मानवीय सांसदहरुको ध्यानाकर्षण गर्नुपर्ने ।

5 : लाेककल्याणकारी राज्यमा कुनै पनि मानवले अभिभावक विहिन हुनुहुदैन । जोखिममा रहेका नागरिकको उद्धार र संरक्षण राज्यको प्रमुख दायित्व रहेको र दायित्वबाट सरकार पन्छिन नमिल्दैन । हालसम्म नेपालीको राष्ट्रिय प्राथमिकताकाे आयोजनाहरु भैतिक विकास र संरचना निर्माणतर्फ मात्रै केन्द्रीत रहेको र मानवीय पक्षलाई जति स्थान दिनुपर्ने हो त्यस्तो हुन नसकेको प्रती सबैकाे ध्यानाकर्षण गराउन चाहान्छौ । यस अभियानलाई राष्ट्रिय गौरवको अभियान बनाइ सहयोगीपेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण र घाषणा वर्ष २०८२ मनाउन प्रस्ताव गर्दछु ।

मानवसेवा आश्रमक र आनी छोइङ डोल्मा फाउन्डेसनले यस्ता अन्गीन्ति समस्याहरु अबका दिनमा आउने कारणले यसै कार्यक्रम मार्फत नेपाल सरकार समक्ष राखेको आयोजकले उक्त कार्यक्रममा राखेको बताए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमलाई संबोधन गर्दै सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले र आनी डोल्मा फाउन्डेसनले गरेको हुदा उनलाई अत्यन्त खुशी लागेकाे र संस्थाले सरकारलाई राखेको प्रस्ताव बारे सदनमा पुर्‍याउने र यसकाे विषयमा सरकारका अन्य सदस्यहरु समक्ष राखि सदनबाट पारिथ गरिने र साथ सहयोग गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्री बताए ।

Related Articles

Leave a Comment