Home » भारतिय संगीतमा मखमली आवाज छर्दै मेनुका पौडेल

भारतिय संगीतमा मखमली आवाज छर्दै मेनुका पौडेल

by newnagarikdiary
0 comment

शिर्षक: नेपाली चेली मेनुका पौडेलको भारतमा चम्किंदै

नेपाली चेली मेनुका पौडेलले ‘इण्डियन आइडल’मा दिएको प्रस्तुतीको प्रभाव भारतिय संगीत क्षेत्रमा दमदार रुपमा पर्न थालेको छ । यसको ज्वलन्त उदाहरण हो मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार रातीको इण्डियन आइडलको मन्चको पछिल्लो एपिसोडमा मेनुका आफैले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो । उनले ‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराउँदै भनेकी छिन – मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’ मेनुकाले यो क्षणलाई आफ्नो जीवनकै सर्वाधिक महत्वपूर्ण क्षण भएको बताएकी छिन

मेनुकाको यो खुसीलाई इण्डियन आइडलको स्टेजमा सोनी टेलिभिजनले महत्वपूर्ण रुपमा प्रशारण गरेको थियो । मेनुकालाई खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि प्रशारण गरिएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

हरेक एपिसोडमा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउँदै आएकी छन् ।

Collection of Menuka Poudel Indian Idol
Menuka Poudel Songs Collection of Indian Idol | Menuka Poudel Hindi Songs
1. dikhai diye yun ke bekhud kiya ‘देखाईदिया युँ के बेखुद किया’
2. O paalaanhare ‘ओ पालनहारे’
3. do naina aur ek kahani ‘दो नैन ओर एक कहानी’
4. gali mein aaj chand nikla ‘गलि मे आज चाँद निकला’
5. agar tum saath ho ‘अगर तुम साथ हो’
6. tumhe dekhti hoon to lagta hai aise ‘तुमे देख्ती हुँ तो लग ता हे ऐसा’
7. satyam shivam sundaram ‘सत्यम शिवम सुन्दरम’
8. dil diyan gallala ‘दिल दिया गल्ला’
Chandan sa badan ‘चंदन सा बदन’
ek pyar ka Nagma Hai ‘एक प्यारका नगमा हे’
लगायत दर्जनौं गीत गाएकी छिन ।

२०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनलाई आँखा विसेक पार्न हरसम्भव प्रयास गरे ।

अस्पतालदेखि धामी-झाँक्री सबैतिर धाउँदा पनि केही लागेन । अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले झापा गरामनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखिदिए ।

उनी आफैं लड्दै संघर्ष गर्दै संगीत प्रशिक्षकहरूसंग पुगिन् र संगीत सिक्न थालिन् । संगीत प्रशिक्षक कुशेश्वर राई, अनिल फागोबाट उनले संगीतको प्रारम्भिक शिक्षा लिएकी हुन् ।

नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । निर्णायकहरू भावुक मात्र होइन मेनुकाको गायकी सुनेर आश्चर्यचकित हुने गरेका छन् ।

मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

Related Articles

Leave a Comment