Home » बा-आमा र देशप्रति प्रेम र सद्भावको जग बलियो बनाउँने ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

बा-आमा र देशप्रति प्रेम र सद्भावको जग बलियो बनाउँने ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

by newnagarikdiary
0 comment

शिर्षक: बा-आमा र देशप्रति प्रेम र सद्भावको जग बलियो बनाउँने ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ ।

फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मितिअनुसार फागुन महिनामा अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । जनमा पुर्‍याउने उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने जनाईएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन –

विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्ने भएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापुर्वक आमा सेमिनार सम्पन्न गरेको थियो । आश्रमका अनुसार अष्ट्रेलिया लगायत अमेरीका, क्यानडा, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हङकङ र कोरिया लगायतमा राष्ट्रहरुमा आमा सेमिनार भव्यता साथ गर्ने तयारी रहेको मानवसेवा आश्रमले जनाएको छ । विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आउँनुभएका संस्थाका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुती गर्नेछन् । फेब्रुअरी १३ देखि मार्च १३ सम्म गरेर एक महिनासम्म अष्ट्रेलियामा हुने आमा सेमिनारमा अष्ट्रेलियामा रहनुभएका सम्पुर्ण नेपालीहरुको प्रत्यक्ष उपस्थिती सहित यसको लाभ लिन अनुरोध गरिएको छ । सडकमा रहेका बा – आमाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व, सामाजिक दायित्व बोध गराउन र समाजमा सकारात्मक सन्देश दिन उक्त कार्यक्रम गर्दैछ । यद्यपि, गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानवसेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो ।

उक्त महायज्ञबाट मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माणको लागि विउँपूजीका रुपमा १२ लाख सहयोग गरेको गोरखा समाज अष्ट्रेलियाले अब अष्ट्रेलियामा आयोजना हुने सम्पूर्ण कार्यक्रमको संयोजन गर्ने भएको छ । गोरखा समाजले सेमिनारको अघिल्लो दिन मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माण सहयोगार्थका लागी अष्ट्रेलिया निवासी नेपाली महानुभावहरुमाझ गाला डिनर समेत आयोजना गर्ने बताएको छ । गोरखा समाज अष्ट्रेलियाले यस अघि समेत अष्ट्रेलियामा नयाँ वर्ष, चाडवर्ष लगायत विभिन्न रोजगारमुलुक कार्यशाला, आफ्नो भाषा,कला,धर्म,सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ । यता मानवता प्रवद्धन महाअभियानमा लागेको मानवसेवा आश्रमको लक्ष्य २०८२ सालसम्म सहयोगापेक्षी बेवारिसे सडक मानवमुक्त नेपाल निर्माणको लक्ष्य लिएको छ ।

Related Articles

Leave a Comment