Home » बालेन शाह लक्षीत अराजक अभिव्यक्ति भन्दै कार्बाहीको माग गरे देवेन्द्र पौडेलले

बालेन शाह लक्षीत अराजक अभिव्यक्ति भन्दै कार्बाहीको माग गरे देवेन्द्र पौडेलले

by newnagarikdiary
0 comment

शिर्षक: बालेन शाह लक्षीत अराजक अभिव्यक्ति भन्दै कार्बाहीको माग गरे देवेन्द्र पौडेलले

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अराजक अभिव्यक्तिलाई कार्बाहीको माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए।

उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं ।’

व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताए।

Related Articles

Leave a Comment