Home » प्रधानमन्त्री र महामन्त्री गगन थापाबिच भेटवार्ता

प्रधानमन्त्री र महामन्त्री गगन थापाबिच भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्रीलाई भेटेको बुझिएको छ । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
राष्टरपतिमा दाबी नछोडने बताउँदै आएको कांग्रेसले माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरू पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र माओवादीका दोस्रो तहका नेतासँगको छलफलमा कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।

कांग्रेस नेताहरूसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरूको दाबी छ ।

Related Articles

Leave a Comment