Home » प्रधानमन्त्री प्रचण्डको १ वर्ष ! नागरकि डायरी मुख्य खबर बुलेटिन

प्रधानमन्त्री प्रचण्डको १ वर्ष ! नागरकि डायरी मुख्य खबर बुलेटिन

by newnagarikdiary
0 comment

प्रधानमन्त्री १ वर्ष
सरकार गठनको एक वर्ष पूरा । प्रधानमन्त्रीद्धारा ८८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक । शिक्षा, स्वास्थ्य सहित १० महत्त्वपूर्ण आयोजनाको प्रतिबद्धता सार्वजनिक ।

बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण । ब्याजदर घटेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबी

जनप्रतिनिधि र आम जनताको सुझाव लिई । बजेट निर्माण प्रणालीको विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उद्योगदेखि चुलोसम्म विद्युत खपत बढाएर । आत्मनिर्भरताको नयाँ युगतिर मुलुक अगाडि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको दाबी

नेपालले ठूला जलविद्युत अयोजनाहरूमा भारत, बंगलादेश र चीनसंग हातेमालो गर्दै सरकार विद्युत व्यापारमा साझेदार बन्ने प्रधानमन्त्रीको भनाई

एनसेलको ८० प्रतिशत शेयर बिक्रीसंगै । संवेदनशील भएर छानबिन अगाडि बढाएको प्रधानमन्त्री दाहालको भनाई

देशमा सुशासन कायम गरी लोकतन्त्रको सर्भिसिङ । र शुद्धीकरण निरन्तर जारी राख्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

विश्वविद्यालय सुधार गर्न प्रधानमन्त्रीको पहल । त्रिविको उपकुलपतिमा योग्य जुनसुकै नेपालीले दाबी गर्न सक्ने

भिआइपी कल्चर भत्काएर नागरिकमा लोकतन्त्रप्रति भरोसा बढाउने । प्रधानमन्त्री दाहालको निष्कर्ष ।

आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा आधारित बनाउने सरकारको तयारी । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने
विविध

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट ७० जना उम्मेद्वारहरुको नाम सिफारिस । दुई सिटका लागि उम्मेद्वार चुन्न काँग्रेसलाई सकस

पर्यटन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिविरूद् । सनातन धर्मावलम्बीहरूद्धारा सोमबार बुटवलमा पुत्ला दहन

२३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा । मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ ।

जुम्ला विमानस्थलबाट हुने उडानमा । यात्रा गर्ने यात्रुलाई कोटा प्रणालीमार्फत हवाई टिकट दिइने व्यवस्थाको सुरुवात ।
विविध
पुस ११ गते देशभरका विद्यालयमा । ज्येष्ठ नागरिक सम्बन्धी एक पिरियड पढाउन सरकारको आदेश जारी

नेपालमै फलाम खानि पत्ता लागेसंगै स्वदेशी फलाम उत्पादन गर्दै सरकार । फलामको ठूलो खानी ‘धौवादी फलाम कम्पनी लिमिटेड’को स्थापना
खेलकूद

कास्की र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगिताको दोस्रो खेलमा । नेपाल पुलिस क्लबले पर्सा क्लब–११ लाई २५ रनले हरायो । जितसँगै पुलिस क्लबलाई सेमिफाइनल प्रवेशको सम्भावना

अन्तराष्ट्रिय

इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको अन्तिम दिन । इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु । अन्य २ सय ४० जना बन्धक

Related Articles

Leave a Comment