Home » प्रधानमन्त्री पुष्पकमल दाहालले भेटे टिचिङ अस्पतालमा विमानमा ज्यान गुमाउनेका परिवारसंग

प्रधानमन्त्री पुष्पकमल दाहालले भेटे टिचिङ अस्पतालमा विमानमा ज्यान गुमाउनेका परिवारसंग

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरे। परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराएका थिए । आइतबार यती एयरलाइन्सको एटीआर विमान पोखरा विमानस्थलमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन् ।

Related Articles

Leave a Comment