Home » परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदै

परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदै

by newnagarikdiary
0 comment

परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ जाने भएको हो ।

आइतबार दिउँसो साढे १ बजे मन्त्री साउद प्रस्थान गर्ने छ । सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ । बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् ।

Related Articles

Leave a Comment