Home » नवरात्रको तेश्रो दिन शक्तिस्वरुपा चन्द्रघण्टाको पूजा आराधना गर्ने गरिन्छ

नवरात्रको तेश्रो दिन शक्तिस्वरुपा चन्द्रघण्टाको पूजा आराधना गर्ने गरिन्छ

by newnagarikdiary
0 comment

नवरात्र तेस्रो दिन
वडादशैं अन्तर्गत आज नवरात्रको तेश्रो दिन शक्तिस्वरुपा चन्द्रघण्टाको पूजा आराधना गर्ने गरिन्छ ।

नबरात्रको तेश्रो दिन तृतियामा शनिबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको छ। घटस्थापनाको दिन विधिपूर्विक स्थापना गरिएको घटमा माता चन्द्रघण्टाको आराधना गर्ने गरिन्छ । उनको भक्तिले सबै प्रकारका दुख तथा वाधा निवारण हुने विश्वास रहेको छ । चन्द्रघण्टालाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूपमा पुजा अर्चना गर्ने परम्परा रहेको संस्कृतिविदहरु बताउछन ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने तथा वीरता,निर्भयता तथा विनम्रताको विकास हुने विश्वासका साथ चन्द्र घण्टा देवीको पुजा अर्चना गर्ने विश्वास रहिआएको छ ।

नवरात्रभर शक्तिस्वरुपा दुर्गा भवानीका तीन स्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककाल देखिको परम्परा समेत रहीआएको छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।विगतका २ वर्ष महामारी कारण प्रभावित भएको वडा दशैं पर्व यस वर्ष भने जोखिमका बिच सुरक्षा सावधानि आपनाएर मनाउन सरकारले आग्रह गरेको छ ।

Related Articles

Leave a Comment