Home » नवरात्रको आज पाँचौ दिन,जिवहरूलाई नवचेतना प्रदान गर्ने स्कन्दमाताकाे पुजाअर्चना गरणने दिन

नवरात्रको आज पाँचौ दिन,जिवहरूलाई नवचेतना प्रदान गर्ने स्कन्दमाताकाे पुजाअर्चना गरणने दिन

by newnagarikdiary
0 comment

नवरात्र पाँचौ दिन
वडा दशैं अन्तर्गत नवरात्रको आज पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै छ । स्कन्दमातालाई पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ ।

नेपालीको महान् पर्व वडा दशैँको पाँचौ दिन पन्चमी स्कन्दमाताको पूजा गरिएको छ । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई पूज्ने गरिन्छ ।कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रीय मान्यता छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरहको फल प्राप्त हुने विश्वास छ । स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन् । सिंह यिनको वाहन हो । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ ।

यी देवीको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ भने मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भन्ने शाष्त्रमा उल्लेख छ ।

मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई मन्दिर र शक्तिपीठहरुमा स्कन्दमाता देवीको दर्शन गर्नुपर्दछ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा नवरात्रभर दुर्गाका तिन रुपको पुजाआराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । ।।

Related Articles

Leave a Comment