Home » नवदुर्गा सातौं दिन,फूलपाती भित्र्याएर कालरात्रीकाे पुजा,सरकारी विदा अजबाट

नवदुर्गा सातौं दिन,फूलपाती भित्र्याएर कालरात्रीकाे पुजा,सरकारी विदा अजबाट

by newnagarikdiary
0 comment

शीर्षक: नवदुर्गा सातौं दिन,फूलपाती भित्र्याएर कालरात्रीकाे पुजा,सरकारी विदा अजबाट

मंगलबार बडादशैंको सातौं दिन अर्थात यस दिनलाई फूलपाती पनि भनिन्छ । घटस्थापनाको दिन स्थापना गरिएको घट दशैघरमा फूलपाती भित्र्याएर मनाइएको छ ।

मंगलबार नवरात्रको सातौं दिन अर्थात फुलपाती । दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रूपमा उखु,अदुवाको बोट, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासहितको फूलपाती भित्र्याएर फूलपाती मनाइएको छ । नौ देवीको प्रतीकका रूपमा फूलपाती भित्र्याई शास्त्रीय विधिअनुसार शक्ति आराधनाका साथ पूजा गरिएको छ । हिमाल पहाड र तराईमा आ आफ्नै शैली अनुरुप नवदुर्गा अन्तर्गतको सप्तमी तिथि फूलपाती भित्र्याईईने गरिन्छ । यो दिन पनि विभिन्न समुदायमा आ आफ्नै रहनसहन अनुरुप बलि चढाउने परम्परा रहेको संस्कृतिविद जगमान गुरुङ बताउँछन् ।

यसैदिन गोरखा दरबारबाट धार्दिङको जीवनपुर हुँदै फूलपाती काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन,नेपाली सेना,नेपाल प्रहरी,ब्यान्डबाजा,पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा फूलपाती ल्याउने परम्परा अनुरुप सुरक्षा सतर्कता अपनाएर फूलपाती मनाईएको छ । आजकै दिन विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ भने व्यापारीले ढक, काँटा र नापतौलका सामग्री पूजा गर्ने गर्दछन ।

आजबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्नहरु दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न घर फर्कने क्रम जारी छ ।

Related Articles

Leave a Comment