Home » दसैंका लागि नयाँ नोट साट्न खुला, क्यूअारबाट समेत सुविधा

दसैंका लागि नयाँ नोट साट्न खुला, क्यूअारबाट समेत सुविधा

by newnagarikdiary
0 comment

आजदेखि दसैंका लागि नयाँ नोट साट्न खुला भएकाे छ ।

घटस्थापनाकाे दाेस्राे दिनदेखि दसैं सुरू भइसक्दा नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ।

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ।

राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्।

विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साटन पाईने भएकाे छ ।

हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ

Related Articles

Leave a Comment