Home » चौथो दिन शक्तिस्वरुपा देवी कुष्माण्डाको पुजा अर्चना गर्ने दिन

चौथो दिन शक्तिस्वरुपा देवी कुष्माण्डाको पुजा अर्चना गर्ने दिन

by newnagarikdiary
0 comment

शिर्षक: नवरात्र चौथो दिन शक्तिस्वरुपा देवी कुष्माण्डाको पुजा अर्चना गर्ने दिन

बडादशै अन्तर्गत आज नवरात्रको आज चौथो शक्तिस्वरुपा देवी कुष्माण्डाको पुजा अर्चना गरिएको छ ।

बडादशै अन्तर्गत आईतबार देवी कुष्माण्डाको पुजा अर्चना गरिएको छ । दशैघर विभिन्न शक्तिपिठ तथा कोतहरुमा माता कुष्माण्डाको पुजा हुने यस दिनमा महामारीका कारण सुरक्षा सावधानी अपनाएर मापदण्ड पालना गरि पुजा अर्चना गरिएको छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायत ग्रन्थमा उल्लेख छ ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पुजा गर्ने परम्परा रहीआएको छ । नवरात्रको पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी,सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।।

Related Articles

Leave a Comment