Home » चर्चित नायक अनमोल केसी पक्राउ

चर्चित नायक अनमोल केसी पक्राउ

by newnagarikdiary
0 comment

सिजन नाछिरिङ राई,संवाददाता

शिर्षक: नायक केसी पक्राउ

चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो। निकट श्राेतका अनुसार नायक केसीलाई रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले अनमोलविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछि अनमोललाई पक्राउ गरिएको हो। निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् र पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, अनमोलले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको,फिल्मका लागि एक करोड १५ लाख खर्च भैसकेपछि काम गर्न नमानेको कारण निर्माण टिम प्रहरी शरणमा पुगेका हुन।

Related Articles

Leave a Comment