Home » गुल्मी जिल्ला अस्पतालमा OPD सेवा बिहान ९ बजे बाटै प्रारम्भ

गुल्मी जिल्ला अस्पतालमा OPD सेवा बिहान ९ बजे बाटै प्रारम्भ

by newnagarikdiary
0 comment

शिर्षक: गुल्मी जिल्ला अस्पतालमा OPD सेवा बिहान ९ बजे बाटै प्रारम्भ

गुल्मी जिल्ला अस्पतालमा OPD सेवा बिहान ९ बजे बाटै प्रारम्भ भएको छ ।

रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीकाे पहलकदमीमा जिल्लाबासीकाे स्वास्थ्य दृष्टिगत गर्दै उक्त सेवा १ घण्टा अगावै प्रारम्भ भएकाे हाे | मेयर पन्थीका अनुसार अत्याधिक विरामीको चाप तथा टाढा-टाढा बाट आउने विरामीहरुको समस्या लाई बुझी यो सेवाको सुरुवात गरेका छौं मेयर पन्थीले भन्नुभयाे । गुल्मीवासी र छिमेकी जिल्लाका नागारिकहरुले सहज तरिकाबाट सेवा लिनु सक्नु हुनेछ् । नागरिकको स्वास्थ्य प्रति सधै गम्भिर छौं । मेयर पन्थीले बताउनुभयाे |

जिल्ला अस्पतालमा हाल मृगाैलाकाे डायलासिस सेवा मेयर पन्थीलेकै पहलमा सुरूवात भएकाे छ| याे बाहेक विशेष चिकित्सकिय टाेलिबाट समेत जिल्ला अस्पतालमा सेवा प्रवाह भैरहेकाे छ | जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउनमा कुनै कसर बाँकी नराख्ने मेयर पन्थीकाे प्रतिबद्धता छ | नागरिकले पाउने निशुल्क स्वास्थ्य सम्बन्धि हकलाई रेसुङगा नगरपालिकाले नयाँ ढङ्गबाट सुरूवात गर्दा अन्य स्थानिय तहहरूलाई थप उत्प्रेरणा मिलेकाे छ |

Related Articles

Leave a Comment