Home » गीतकार आनन्द राजको नयाँ गीत-“तिमीले रोजेको मान्छे” सार्वजनिक

गीतकार आनन्द राजको नयाँ गीत-“तिमीले रोजेको मान्छे” सार्वजनिक

by newnagarikdiary
0 comment

गीतकार आनन्द राज खनाल को नयाँ गीत-“तिमीले रोजेको मान्छे” सार्वजनिक

गीत गीतकार आनन्द राज खनाल को नयाँ गीत-“तिमीले रोजेको मान्छे” सार्वजनिक भएको छ।

उनले आफ्नै युट्युब च्यानल https://www.youtube.com/@anandarajkhanal9258 मा उक्त गीतको म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरेका हुन्। गीतकार, संगीतकार, संगीत संयोजक, गायक गायिका सबै जना संगै बसेर उक्त भिडियो निर्माण गरिएको छ।

आनन्द राज खनालको शब्दमा चर्चित युवा संगीतकार दिपक शर्माको संगीत छ भने सुशान्त गजुरेल ले संगीत संयोजन गरेका छन्।
पुरुष स्वर सविन सुवेदीको छ भने नारी स्वर अनु चौधरीको रहेको छ।

कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने कुरा नै यस गीतको मूल विषय हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा परिचित खनाल पछिल्लो समय गीत लेखनमा पनि उत्तिकै सक्रिय छन्।

Related Articles

Leave a Comment