Home » को हुन एमालेबाट सम्माननिय बनेका सभामुख देवराज घिमिरे

को हुन एमालेबाट सम्माननिय बनेका सभामुख देवराज घिमिरे

by newnagarikdiary
0 comment

प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरे संघीय संसददको सभामुखमा चयन हुनुभएको छ ।
को हुन त सभामुख देवराज घिमिरे
प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरे संघीय संसदको सभामुखमा चयन हुनुभएको छ । ०५६ मा राष्ट्रिय सभा सदस्य भइसकेका घिमिरेले सत्तारुढ गठबन्धनको तर्फबाट दुईतिहाई मतको समर्थन जुटाउनुभएको हो । प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार बन्नुभएका देवराज घिमिरे पाँच दशक लामो अविरल राजनैतिक यात्रामा कहिल्यै पदीय लोभ लालच नराखी आफ्नो सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पित गरेका नेकपा एमालेका नेतामा चिनिनुहुन्छ । नेता घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका ३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट २०१३ साल जेठ १३ गते भएको थियो । गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका घिमिरेले काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तहको अध्ययन गर्दा गर्दै पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लाग्नुभएको थियो । बिहीबार भएको सभामुखको निर्वाचनबाट घिमिरेले बहुमतसहितको समर्थन जुटाउनुभएको हो ।

राष्ट्रिय सभाको सदस्य समेत हुनुभएका देवराज अर्जुनधारा नगरपालिका वडा ६ झापाबाट २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित हुनुभएको हो ।

इलामका नेता शहीद रत्नकुमार वान्तवाको हत्यापछि इलाममा पञ्चायती दमन बढिरहेका बेला इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी समेत देवराजले सम्हालेका थिए । नेता घिमिरेको राजनीतिक क्रियाशीलताले तर्सिएका पञ्चायती शासकहरुले २०३६ देखि देवराजलाई वारेन्ट जारी समेत गरे । पञ्चायती दमन, सहयोद्धाहरुको बर्बरतापूर्वक हत्या हुँदासमेत पार्टी नीति र निर्णयलाई शिरोधार्य गर्दैनेता घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी कठिन भूमिगत जीवन पार्टी निर्माणमा बिताएका नेतामा पर्नुहुन्छ ।

२०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका देवराज सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्छ । एमालेका स्थायी कमिटी सदस्य रहेका देवराज ०५६ मा राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य भएका देवराज अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुनुहुन्छ । मदन भण्डारीको रहस्यमय हत्यापछि उनको स्मृतिलाई जीवन्त राख्नमा नेकपा एमालेका केन्द्रीय नेताहरुको अगुवाईमा स्थापना भएको मदन भण्डारी फाउण्डेशनमा कार्यालय प्रमुख भएर जिम्मेवारी निर्वाह घिमिरेले गर्नुभएको थियो ।

२०५० सालदेखि मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाएका घिमिरेले सहकर्मीहरुलाई छोड्दा छोड्दै लामो समयसम्म प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन पाउनुभएको थिए ।

Related Articles

Leave a Comment