Home » कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थनमा भारी वर्षा

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थनमा भारी वर्षा

by newnagarikdiary
0 comment

शिर्षक: कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थनमा भारी वर्षा

सोमबार देशभर सामान्य बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप, जन-स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Related Articles

Leave a Comment