Home » कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना

by newnagarikdiary
0 comment

शिर्षक: कोशी,मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रही देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Related Articles

Leave a Comment