Home » उपसभापतिका उम्मेद्वार माननिय डा.चन्द्र भण्डारी कांग्रेस केन्द्रिय सदस्य मनोनीत

उपसभापतिका उम्मेद्वार माननिय डा.चन्द्र भण्डारी कांग्रेस केन्द्रिय सदस्य मनोनीत

by newnagarikdiary
0 comment

शिर्षक: उपसभापतिका उम्मेद्वार माननिय डा.चन्द्र भण्डारी कांग्रेस केन्द्रिय सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ८ जना नेताहरुलाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् ।

बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकअघि सभापति देउवाले कांग्रेसका प्रभावशाली नेता प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र व्यवसायी अनिलकुमार रुंगटासहित ८ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन् ।

गत महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार रहेका भण्डारीले महाधिवेशनमा समेत राम्रो मत पाएका थिए । देउवाले उपसभापतिकै अर्का प्रत्यासीहरु विजयकुमार गच्छदार र सुजाता कोइरालालगायतलाई महाधिवेशन लगत्तै केन्द्रीय सदस्य मनोनीत गरे पनि भण्डारीलाई भने गरेका थिएनन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा २१ को उपधारा १० बमोजिम नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको जानकारी दिए ।

नेता भण्डारी सहित नेताहरु मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह र शारदा पौडेल केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

उनीहरुमध्ये शारदा पौडेलबाहेक सबै पुरानै अनुहार हुन् । नेता विश्वकर्मा महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवार थिए भने जोशी देउवा समूहबाटै गण्डकी प्रदेश सभापतिमा पराजित भएका थिए । त्यस्तै, शाह लुम्बिनी प्रदेश सभापतिमा देउवा समूहबाटै उम्मेदवार बनेर पराजित भएका थिए । नेता कृष्णप्रसाद सिटौलानिकट हुमागाईं अघिल्लो कार्यकालमा पनि केन्द्रीय सदस्य मनोनीत थिए । तर महाधिवेशनमा भने उनी पराजित भए ।

यससँगै कांग्रेस केन्द्रीय कार्यसमिति १६५ सदस्यीय बनेको छ । विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ ।

Related Articles

Leave a Comment