Home » अाज विजयादशमी: टिका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा

अाज विजयादशमी: टिका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा

by newnagarikdiary
0 comment

अाज विजयादशमी: टिका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा

आश्विन शुक्ल दशमीमा मनाइने विजयादशमी पर्व आज
हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा ग्रहण गरि मनाइन्छ ।

आज बडादशैको मुख्य दिन बिजया दशमी मान्यजन तथा आफन्तबाट टिका जमरा लगाई हर्षोल्लासका साथ मनाईदैछ । असत्यमाथि सत्य र असुर शक्तिमाथि दैशक्तिको विजयका रुपमा विजया दशमीमा मान्यजन तथा आफन्तबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने प्रचलन छ । दसैँ टिकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेपनि त्यसपछि जुनकुनै समय शुभ रहेकाले टीका जमरा लगाउन सकिने छ ।

आज घटस्थापनामा राखिएको जमरा नवदुर्गा भवानीको प्रतिक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा टिका र जमरा लगाइन्छ । परिवारमा हजुरबुबा, हजुरआमा, बुवाआमा, गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका जमरा तथा प्रसाद थापी सौभाग्य र समृद्धिको आशीर्वाद लिंदै विजयादशमीको टीका लगाउने गरिन्छ ।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रु नाश हुन्, हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले जमरा र टीका लगाएर आशीर्वाद दिने गर्दछन ।

रातो र सेतो शान्ति र समृद्धिको प्रतीक भएकाले नेवार समुदायमा रातो र कालो मोहनी टीका लगाएर अशीर्वचन दिने परम्परा पनि रहेको छ ।

कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ । गएको साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु भएको हो।

Related Articles

Leave a Comment