Home » नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

by newnagarikdiary
0 comment

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा(१ ) बमोजिम आज नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

त्यस्तै, प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

Related Articles

Leave a Comment