Home » राष्ट्रपतिको चर्चामा आएका यी हुन दलिय र गैरदलिय नाम

राष्ट्रपतिको चर्चामा आएका यी हुन दलिय र गैरदलिय नाम

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपतिको चर्चामा आएका यी हुन दलिय र गैरदलिय नाम
प्रतिनिधिसभाको निर्वाचनपछि नयाँ प्रधानमन्त्री र सभामुख चयन भएलगत्तै आगामी केही साताभित्र हुने ठानिएको राष्ट्रपति निर्वाचनमा दलहरूको ध्यान केन्द्रित हुन थालेको छ। मुलुकको राष्ट्रपति बन्न फागुन १३ अर्थत् आगामी शनिबार मनोनयन दर्ता गर्नुपर्छ । तर, कुन दलले राष्ट्रपति पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लागेको छैन् ।

राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन् । दलीय समीकरण अनुसार राष्ट्रपतिमा को जित्ने र को हार्ने भन्ने पहिल्यै अनुमान सामान्यतया लगाउन सकिन्छ । त्यसैकारण पनि दलहरू आआफ्ना पक्षमा बहुमत जुटाउन प्रयत्नरत छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको ध्यान पनि यसमै केन्द्रित भइरहेको सामाजिक संजाल र विदेशी प्रतिनिधिहरुको नेपालमा उच्चस्तरिय आगमन र भेटघाटले संकेत गरेको नै छ । राष्ट्रपतिको उम्मेदवारमा सहमति खोज्ने दाहालको प्रस्तावले एकैसाथ कांग्रेसमा आशा र एमालेमा आशङ्का बढाइदिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावि राष्ट्रपतिबारे दर्जनौं पटक छलफल र भेटवार्ता भइसकेका छन् । र, पनि यस विषयमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री दाहाल राष्ट्रपति राष्ट्रिय सहमतिबाट चुनिनु पर्ने पक्षमा हुनुहुन्छ भने ओली पुस १० को सहमतिअनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडानमा हुनुहुन्छ सत्तासीन एमाले र माओवादीको झगडाबाट गठबन्धन भत्काएर राष्ट्रपति हत्याउने दाउमा छ, कांग्रेस । कांग्रेसलाई राष्ट्रपति दिनुपर्नेमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन् । कांग्रेसले सङ्घमा प्रचण्ड सहित केही प्रदेशमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत र सभामुखलाई समर्थन गरेको छ । यस्तो समर्थन कांग्रेसले एमालेका उम्मेदवारलाई भने गरेको छैन ।

कुन दलबाट को को छन् राष्ट्रपतिका उम्मेद्वार

एमाले उम्मेद्वार

राष्ट्रपतिका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीदेखि डोरमणि पौडेल, विष्णु रिमाल, गोमा देवकोटासम्मको नाम चर्चामा छ ।

कांग्रेस उम्मेद्वार

त्यस्तै कांग्रेसबाट राष्ट्रपतिको अभिलासामा नै देउवा नजिक भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम बढी चर्चामा छ भने, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतको नाम चर्चामा छ ।

लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि पछिल्लो समयमा चर्चामा आएको छ। भारतीय विदेशमन्त्री आएसँगै उनको नाम चर्चामा अगाडि आएको हो । भारत सिटौला नभएमा ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको चर्चा छ ।

गैरदलिय पात्र

राष्ट्रपतिमा गैरराजनीतिक कर्मीको नाम पनि चर्चामा छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि चर्चामा छन्। माधवकुमार नेपाल र झलनाथ खनालको पनि नाम र बाबुराम भट्टराईको नाम पनि अप्रत्यक्ष रुपमा आइरहेको छ । जसमा माओवादीको भूमिका राष्ट्रपति को हुने भन्ने निर्धारण गर्नेछ ।
सत्ताको नेतृत्व गरिरहेको माओवादीले दोहोरो चाल चलिरहेको छ । यसले गर्दा भावि दिनमा दाहाल पनि जोखिममा पर्ने खतरा पनि त्यतिकै छ । राषंट्रपतिको मनोनयन दर्ता गर्ने दिनसम्म यो गठबन्धनले अर्कै रुप पनि लिन सक्छ । एमाले नेताहरूका अनुसार, पुस १० गते दाहाललाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको थियो । तर, पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रका नेताहरूका बोलीमै दोहोरोपना देखिएको छ । यसको कारण सभामुख लिइसकेको एमालेको भागमा राष्ट्रपति पनि परे एमालेले सत्तामा मनोमानी गर्ने खतरा हुने र कांग्रेसले पाए अथवा अर्को कुनै दलभन्दा बाहिरको पात्र राषंट्रपति भए संविधानको रक्षा हुने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसका नेताहरूले विगतमा नेकपा हुँदाको अवस्थालाई फर्केर हेर्न माओवादी नेताहरूलाई स्मरण गराइरहेका छन् । माओवादी केन्द्रले राष्ट्रपतिको सर्वस्वीकार्य पात्रको खोजीमा भएको बताउँदै आएपनि एमाले भने एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने अडान छाडेको छैन् ।

सकेसम्म माओवादी केन्द्रको रणनीति भनेको एमाले र कांग्रेस दुवैलाई समान व्यवाहार गर्ने रणनीतिमा छ । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेता पनि उतिकै गृहकार्यमा छन् । यदि राष्ट्रपतिमा सहमति गठबन्धन पनि भत्किन र पुरानै गठबन्धन पुन ब्युतिने संकेतहरु देखिन थालेका छन् ।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ । ५९ जना सदस्य रहेको राष्ट्रियसभामा र संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ । संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो । प्रदेशसभामा ५ सय ५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ । राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

Related Articles

Leave a Comment