Home » अभिनेता पल शाहले पाए सफाई

अभिनेता पल शाहले पाए सफाई

by newnagarikdiary
0 comment

अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

नाबालिका बलात्कारको आरोपमा मंगलबार जिल्ला अदालत तनहुँले शाहलाई सफाई दिएकाे हाे | जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल पक्षका कानुन व्यवसायीले जानकारी दिएका छन् |

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको थियो । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको थियो ।

Related Articles

Leave a Comment