Home » ७६ वर्ष पुगेका ज्येष्ठ नगारिकलाई ललितपुर महानगरको १० हजार दसैं सम्मान भत्ता

७६ वर्ष पुगेका ज्येष्ठ नगारिकलाई ललितपुर महानगरको १० हजार दसैं सम्मान भत्ता

by newnagarikdiary
0 comment

शिर्षक: ७६ वर्ष पुगेका ज्येष्ठ नगारिकलाई ललितपुर महानगरको १० हजार सम्मान भत्ता

ललितपुर महानगरले ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई यस वर्ष पनि ज्येष्ठ नागरिक सम्मान भत्ता प्रदान गरेको छ ।
महानगरले विगत ६ वर्षदेखि निरन्तर दशैंका बेला पारेर ज्येष्ठ नागरिक सम्मान भत्ता प्रदान गर्दै आएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन महानगरको प्रमुख पदमा निर्वाचित भएर आएपछि यो भत्ता प्रदान गर्न सुरु गरिएको हो ।

वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा महानगरको प्रमुखमा महर्जन पहिलो पटक निर्वाचित भएका थिए । वि.सं.२०७९ को स्थानीय तह निर्वाचनमा चिरीबाबु महर्जन महानगर प्रमुखमा दोस्रो पटक निर्वाचित भएका हुन् । दोस्रो पटक निर्वाचित भएपछि प्रत्येक वर्ष ज्येष्ठ नागरिकलाई दशैंको बेला दिदैैं आएको पाँच हजारलाई वृद्धि गरेर १० हजार पु¥याइएको हो । महानगर प्रमुख चिरीाबाबु महर्जनले ज्येष्ठ नागरिकलाई ज्यूँदो मै सम्मान गर्ने नीति अनुरुप सम्मान भत्ता दिएको बताए । उनले भने, ‘ ज्येष्ठ नागरिकको सम्मान स्वरुप महानगरले धेरै काम गरेको छ , त्यो मध्ये यो एक हो ।’ ज्येष्ठ नागरिक सम्मान भत्ता महानगरको २९ वटै वडामा वितरण भइरहेको छ ।

ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप, ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम अन्तर्गत घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण महानगरले गरेको ज्येष्ठ नागरिक लक्षित प्रमुख काम हुन् । दशैंको मुखमा सम्मान स्वरुप भत्ता पाउँदा ज्येष्ठ नागरिक निकै खुशी भएका छन् ।

Related Articles

Leave a Comment