Home » सुख्खा पहिरो खसेर अबरुद्ध भयो नारायणघाट-मुग्लिन सडकखण्ड

सुख्खा पहिरो खसेर अबरुद्ध भयो नारायणघाट-मुग्लिन सडकखण्ड

by newnagarikdiary
0 comment

शिर्षक: सुख्खा पहिरो खसेर अबरुद्ध भयो नारायणघाट-मुग्लिन सडकखण्ड

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ ।

हाल पहिरो पन्छाउने काम भैरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ प्रयोग गरिएको छ । बर्खाको समयमा यो सडकमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन ।

Related Articles

Leave a Comment