Home » सरकार प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्याः महासंघ अध्यक्ष रवि सिंह

सरकार प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्याः महासंघ अध्यक्ष रवि सिंह

by newnagarikdiary
0 comment

सरकार प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्याः महासंघ अध्यक्ष रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार आफ्नो प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्या देखिएको बताउनु भएको छ । चितवनको सौराहामा शनिवार निर्माण व्यवसायी महिलाहरूको चौथों राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष सिंहले वार्ता र सहमतिबाटै निर्माण उद्योगको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीस्तरमै भएका सहमति कार्यान्वयन हुन नसक्दा निर्माण उद्योगको समस्या विकराल भएको अध्यक्ष सिंहले बताउनुभयो । ‘निर्माण उद्योगमा स्वच्छ प्रतिस्पर्धा मार्फत् कार्टेलिङको अन्त्य हुनुपर्नेमा महासंघको वर्तमान नेतृत्व स्पष्ट रहेको छ’ अध्यक्ष सिंहले भन्नुभयो । महिला निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि जस्तोसुकै सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ दोर्जी लमा (ए.डी) ले निर्माण व्यवसायीहरूको सदासयतालाई राज्यले कमजोरीको रुपमा लिए परिणाम गम्भीर हुन सक्ने बताउनुभयो । निर्माण उद्योगमा आउन चाहनेले यस क्षेत्रको सबै ज्ञान लिएर आएमात्र कार्य क्षेत्रमा सफलता पाइन सक्ने उहाँले बताउनुभयो । महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले निर्माण व्यवसायीहरूबीचको एकता नै आजको आवश्यकता भएको धारणा राख्नुभयो । महासंघका महासचिव रोशन दाहालले निर्माण व्यवसायमा महिलाहरूको उपस्थिति विस्तारै बढ्दै गएको धारणा राख्दै उनीहरूलाई कार्य क्षेत्रमा अझ निपूर्ण बनाउन महासंघ नेतृत्वले तालिमहरू संचालन गर्ने जानकारी दिनुभयो । महासंघका पदेन विशिष्ट सदस्यद्धय सुबित श्रेष्ठ र लक्ष्मणकुमार स्वाँरले निर्माण उद्योग अत्यन्त नाजुक अवस्थामा रहेकाले समस्या समाधानका लागि सरकार समयमै गम्भीर हुनुपर्ने बताउनुभयो । महासंघका कोषाध्यक्ष हिरणकुमार श्रेष्ठले पेशागतक हक हितका लागि महिला निर्माण व्यवसायीहरू आफै सक्षम हुनुपर्ने धारणा राख्नुभयो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले भुक्तानी अभावमा धरै निर्माण व्यवसायीहरू मारमा परेको बताउनुभयो ।

महिला निर्माण व्यवसायी समन्वय समिति संयोजक गंगा पोखरेलको.सभापतित्वमा भएको कार्यक्रममा सह—संयोजक गीता शाही, बबिता कटुवाल, मञ्जु भुषाल, गौमाया खन्डलु, बिना अधिकारी, शर्मिला राई लगायतका व्यवसायीहरूले निर्माण उद्योग महिलाका लागि चुनौती र अवसर दुवै भएको बताउनु भएको थियो । यसैबीच भेलाले महिला निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका लागि १० बुँदे घोषणापत्र पारित गरेको छ ।

Related Articles

Leave a Comment