Home » सरकारले भन्यो सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन

सरकारले भन्यो सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन

by newnagarikdiary
0 comment

शिर्षक: सरकारले भन्यो सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन

सरकारले सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक नभएको स्पष्ट पारेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यो प्रकरण अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । उसले सरकारी अनुसन्धानमा शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद बैठक अवरुद्ध गरिरहेको छ ।

‘अर्को समिति बनाउँदा यो चिज प्रभावित हुन्छन्, वास्तविक दोषी पहिचान गर्न पनि ढिलाढाला हुन सक्छ’ उनले भनिन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा पनि उच्च स्तरीय समिति नबनेको उनले बताइन् ।

Related Articles

Leave a Comment