Home » श्री कृष्ण जन्माष्टमीको भव्य तयारी गर्दै ललितपुर महानगर

श्री कृष्ण जन्माष्टमीको भव्य तयारी गर्दै ललितपुर महानगर

by newnagarikdiary
0 comment

शिर्षक: श्री कृष्ण जन्माष्टमीको भव्य तयारी गर्दै ललितपुर महानगर

ललितपुर महानगरले श्री कृष्ण जन्माअष्टमी पर्वलाई थप व्यवस्थित बनाउन सराकोकारवाला सहितको छलफल आयोजना गरेको छ ।

छलफलमा श्री कृष्ण जन्माअष्टमी दिन मन्दिर परिसरमा खटिने स्वयंसेवकको परिचालन ठिक ढंगले गर्दै सुरक्षा व्यवस्थामा सम्झौता नगर्न सबैलाई अनुरोध गरिएको थियो ।
छलफल कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमीका दिन सुरक्षाको व्यवस्था राम्रो बनाउन अनुरोध गरे । श्री कृष्ण जन्माष्टमीका दिन पाटनमा अवस्थित कष्णमन्दिरमा राष्ट्रप्रमुख दर्शन गर्न आउने परम्परा रहेको छ ।

छलफलमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडियो रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहको उपस्थिति थियो । नेपाल विद्युत प्राधिकरण पुल्चोक र लगनखेल, डिभिजन सडक कार्यालय हरिहर भवन,काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ललितपुर उद्योग वाणिज्य संघ, गुठी संस्थान शाखा कार्यालय , मंगल टोल सुधार संघ, नेपाल टेलिकम, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

महानगर प्रमखु महर्जनले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केवल नेटवर्कहरुलाई लत्रिएको तार व्यवस्थित गर्न अनुरोध गरे । उनले ‘कहिँकतै नाङ्गो तार भए त्यसलाई सावधानीपूर्वक व्यवस्थित गरिदिनुस् ।’ भीमसेन जात्राका क्रममा भीमसेनको खटलाई लत्रिएका, झोलिएका तारलाई अवरोध पुगेको बताइएको थियो । तारले खटमाथि राखिएको गजुरमा क्षति प¥याएको स्मरण गरिएको थियो । यसैगरी छलफलमा पाटन दरबार क्षेत्रमा वरपर मदिराजन्य पदार्थ विक्री वितरण नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय ललितपुर र उद्योग वाणिज्य संघ ललितपुरलाई जिम्मेवारी दिने बताइएको थियो । यसैगरी दर्शनका लागि आउने भक्तजनका लागि प्राथमिक स्वास्थ्य सेवा संचालन गर्ने र एउटा एम्बुलेन्स उक्त क्षेत्रमा तयारी राख्ने निर्णय गरिएको छ । छलफल कार्यक्रममा उक्त क्षेत्रको सरसफाई, ढल व्यवथापन लगायतका विषयमा छलफल गरिएको थियो ।

Related Articles

Leave a Comment