Home » शल्यक्रिया गर्न जानु पूर्व चन्द्र भण्डारी भने ईमान्दारिताको भारी बोकेर शैय्यामा ढल्दैछु

शल्यक्रिया गर्न जानु पूर्व चन्द्र भण्डारी भने ईमान्दारिताको भारी बोकेर शैय्यामा ढल्दैछु

by newnagarikdiary
0 comment

शिर्षक: शल्यक्रिया गर्न जानु पूर्व चन्द्र भण्डारी भने ईमान्दारिताको भारी बोकेर शैय्यामा ढल्दैछु

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया हुने भएको छ ।

भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आउनुभएको अस्पतालका प्रमुख डा.राईले बताए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका छन् ।

डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए । डा.भण्डारीको शल्यक्रिया डा.स्प्रौलसँगै प्राडा बिडी झा, प्राडा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा.प्रदीप राजभण्डारी, ड.प्रविन गिरी, डा.निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।
करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको हो ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।

Related Articles

Leave a Comment