Home » विश्वका १ सय उदयीमान व्यक्तीको सूचीमा बालेन साह

विश्वका १ सय उदयीमान व्यक्तीको सूचीमा बालेन साह

by newnagarikdiary
0 comment

शिर्षक: विश्वका १ सय उदयीमान व्यक्तीको सूचीमा बालेन साह

काठमाडौंका मेयर बालेन्द्र साह विश्वका उदयीमान सय व्यक्तिको सूचीमा परेका छन् ।

विश्व प्रसिद्ध ‘टाइम’ म्यागजिनले सार्वजनिक गरेको सन् २०२३ को सूचीमा काठमाडौंका मेयर साहको नाम सूचिकृत भएको छ ।
म्यागजिनले आफ्नो क्षेत्रलाई आकार दिइ भविष्यमा आफ्नो क्षेत्रमा नेतृत्व गर्नसक्ने विश्वका उदीयमान सय नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।

बालेनले फोहोरमैला तथा सरसफाइको उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता फोहरको वर्गीकरण एवं नकुहिने फोहरको व्यवस्थापनका लागि विभिन्न सम्झौताका विषय समावेस गरेको छ । बालेनको अध्ययन, ७२ सालको भूकम्पमा क्याम्पेन बनाइ विभिन्न खालका काम गरेको लगायतका कुरा पनि उसले उल्लेख गरेको छ।

यस म्यागजिनले सन् २०१९ देखि हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।

त्यसमा वैज्ञानिक, कलाकार, विभिन्न संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरू रहेका छन्।

Related Articles

Leave a Comment