Home » विश्वकप छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल

विश्वकप छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल

by newnagarikdiary
0 comment

शिर्षक: विश्वकप छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल
नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित हुँदै विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा भुर्तेल आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । नेपालको स्कोर ९५ रन हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो ।

रोहित ३१.५ र ऐरी ३३.५ ओभरमा आउट भए । गुल्सन झा र करण केसीले पनि टिकेर खेल्न सकेनन् ।

अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले रोहित (३३) पछि सर्वाधिक २७ रन बनाए । कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।

१६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । १३औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाए । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारे, जतिबेला डच टिमको स्कोर ८६ रन थियो ।

१५औं ओभरको पाँचौं बलमा सन्दीपले नै दोस्रो विकेट लिए । यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ

Related Articles

Leave a Comment