Home » विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास असफल प्रयासमा (ईसरो)

विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास असफल प्रयासमा (ईसरो)

by newnagarikdiary
0 comment

शिर्षक: विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास असफल प्रयासमा (ईसरो)

चन्द्रयान-३ अन्तर्गत पठाइएको विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास असफल भइरहेको भारतको अन्तरिक्ष एजेन्सी इसरोले बताएको छ ।

गत सेप्टेम्बर ४ पछि चन्द्रमामा रात परेकाले ल्यान्डर र रोभरलाई ‘स्लिप मोड’ (निन्द्राको मुद्रा)मा राखिएको थियो ।

तर सेप्टेम्बर २२ अर्थात् हिजो (शुक्रबार) त्यहाँ सूर्योदय भएपछि विक्रम र प्रज्ञानसँग सम्पर्क स्थापित गर्ने प्रयास भएपनि कुनै सङ्केत प्राप्त नगरेको इसरोले उल्लेख गरेकाे छ ।

ल्यान्डर र रोभरलाई ब्याट्री चार्ज गर्न र काम गर्न सूर्यको किरण चाहिन्छ । यहीकारण यिनीहरूले चन्द्रमामा दिनको समयमा मात्र काम गर्न सक्छन् । तर आफूहरूले विभिन्न वैज्ञानिक उपकरण बन्द गरेर पर्याप्त चार्ज गरेर मात्र उनीहरूलाई निष्क्रिय बनाएर राखेको इसरोले जनाएको थियो । यदि इसरोको विक्रम र प्रज्ञानसँग सम्पर्क भएन भने सदाका लागि चन्द्रयान-३ सकिन सक्छ ।

चन्द्रमामा विक्रम र प्रज्ञानले सक्रिय भएर पृथ्वीको १४ दिन मात्र काम गर्न सक्छन् । चन्द्रमा १५ दिन घाम लागेर उज्यालो हुन्छ भने १५ दिन अन्धकार रहन्छ ।

चन्द्रमामा घाम लागेको अवधिलाई पृथ्वीमा शुक्लपक्ष र अँध्यारो रहेको समयलाई कृष्णपक्ष भनेर बुझिन्छ । चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ ।

Related Articles

Leave a Comment