Home » लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भाव

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भाव

by newnagarikdiary
0 comment

देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

Related Articles

Leave a Comment