Home » लिबिया आंधि-२३ सयको मृत्यु १० हजार बेपत्ता,उद्दार र खोजि कार्य जारी

लिबिया आंधि-२३ सयको मृत्यु १० हजार बेपत्ता,उद्दार र खोजि कार्य जारी

by newnagarikdiary
0 comment

शिर्षक: लिबिया आंधि-२३ सयको मृत्यु १० हजार बेपत्ता,उद्दार र खोजि कार्य जारी

लिबियामा आएको भिषण आँधीसंगैको बाढीमा १० हजार मानिस बेपत्ता भएका छन् ।

हालसम्म २३ सयको मृत्यु भइसकेको छ । लिबिया हालै आएको आँधी र बाढीले डेर्नाको दुइवटा बाँध र चार वटा पुल भत्केपछि लिबियाको डेर्ना शहरको एकभाग समुद्रमा डुबेको छ । बाढी बस्ती बस्तीमा पस्दा हजारौ मानिस घरभित्र थुनिएका छन् । समाजसेवी तथा उद्धारकर्मीहरुले आंधिका र बाढीले समुद्रमा बगाएकाहरुको शव निकाल्ने प्रयास जारी राखेका छन् ।

लिबियाको पुर्वी क्षेत्रका बेनगाजी, सुसा, बडेर्ना शहर समुद्री आँधीपछि आएको बाढीका कारण अस्तब्यस्त बनेको छ । अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले लिबियालाई आर्थिक सहयोग घोषणा गरेका छन् । शहरका अधिकांश आवासिय भवनहरु ध्वस्त हुँदा भग्नावशेषमा सयौं च्यापिएका छन् । आँधीपछि समुद्री पानीको सतह १० फिटसम्म बढेको बताईएको छ ।

Related Articles

Leave a Comment