Home » रास्वपाको पहिलो वार्षिकोत्सव ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान

रास्वपाको पहिलो वार्षिकोत्सव ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान

by newnagarikdiary
0 comment

शिर्षक: रास्वपाको पहिलो वार्षिकोत्सव ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान
रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन् ।

रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा लामिछानेले ‘ फेसबुकमार्फत भनेका छन्,‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ।’

लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी बस्थापना भएको छोटो समयमा नै प्रतिनिधि सभामा २१ सिट जितेर संसदको चौथो दल बनेको छ ।

पार्टीको स्थापना दिवसको दिन आज रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालय सारेको छ ।

Related Articles

Leave a Comment