Home » राष्ट्रपति पौडेलबाट ४६ औं इफाप्का सम्मेलनको भव्य उद्घाटन देश विदेशका ४ सय ५० सहभागी

राष्ट्रपति पौडेलबाट ४६ औं इफाप्का सम्मेलनको भव्य उद्घाटन देश विदेशका ४ सय ५० सहभागी

by newnagarikdiary
0 comment

राष्ट्रपति पौडेलबाट ४६ औं इफाप्का सम्मेलनको भव्य उद्घाटन देश विदेशका ४ सय ५० सहभागी

राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी भएको बताएका छन् ।

राजधानीमा बुधवार एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन इफाप्काको ४६ औं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित् अन्य पक्षहरूलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको हो बताएका हुन् । इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा मौसम परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले मौसम परिवर्तनको एजेण्डलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने राष्ट्रपति पौडेलेको भनाइ थियो । हालै नेपालको भ्रमण गर्नु भएका संयुक्त राष्ट्र संघका महासचिवले पनि मौसम परिवर्तनको एजेण्डलाई उच्च महत्व दिनु भएको स्मरण राष्ट्रपति पौडेलले गरे । ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलले सम्बन्धित् सबैको ध्यानाकर्षण गराउन्भयो । पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले संकटग्रस्त अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन निर्माण व्यवसायीहरूबाट आफूले सकारात्मक भूमिकाको अपेक्षा राखेको बताउनुभयो । सोही अवसरमा देश विदेशका पूर्वाधारविद्हरूको लेख रचना समेटिएको स्मारिका सार्वजनिक गरिएको थियो । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण उद्योगसँग सम्बन्धित् समसामयीक विषयमा ४६ औं इफाप्का सम्मेलनमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । सदस्य राष्ट्रहरूबीचको सम्बन्ध विस्तारमा इफाप्काको भूमिका प्रसंशनीय रहेको मन्त्री ज्वालाले बताए ।

उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानी वृद्धि गर्न इफाप्का आबद्ध मुलुकका प्रतिनिधिहरूलाई आग्रह गरे । नेपालको पश्चिमी क्षेत्रमा हालै आएको विनाशकारी भूकम्पमा परेकाहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको अध्यक्ष सिंहले बताए । महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले इफाप्कालाई गतिशील संगठन बनाउन सदस्य राष्ट्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताए। कार्यक्रममा इफाप्काको परिचय झल्काउने भिडियो, नेपालको मौलिक संस्कृति झल्काउने झाँकी लगायतको प्रदर्शनी गरिएको थियो । साथै इफाप्का सदस्य मुलुकका चिफ अफ डेलिगेटहरू आ—आफ्नो संस्थाको झण्डा सहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघको झण्डा सहित चिफ अफ डेलिगेट, महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) सम्मेलन स्थल प्रवेश गरेका थिए । शनिवारसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीहरू सहित पूर्वाधारविद् तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीहरूलाई सम्मान गरिएको थियो । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित शुरु भएको सम्मेलनमा विदेशका २ सय ४० सहित ४ सय ५० भन्दा बढीको सहभागिता रहेको छ । नेपालले यसअघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।

Related Articles

Leave a Comment