Home » रवि लामिछानेद्धारा चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी

रवि लामिछानेद्धारा चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी

by newnagarikdiary
0 comment

शिर्षक: रवि लामिछानेद्धारा चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी

रास्वपा सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् ।

मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् ।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन् ।

६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।

ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।

Related Articles

Leave a Comment