Home » रविले भने पाँच वर्षमा अरु जस्तै भाष्य प्रमाणित गरिन्छ कि भनेर आफूहरु डर लागेको छ

रविले भने पाँच वर्षमा अरु जस्तै भाष्य प्रमाणित गरिन्छ कि भनेर आफूहरु डर लागेको छ

by newnagarikdiary
0 comment

शिर्षक: रविले भने पाँच वर्षमा अरु जस्तै भाष्य प्रमाणित गरिन्छ कि भनेर आफूहरु डर लागेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दाचार पाँच वर्षमा अरु जस्तै भाष्य प्रमाणित गरिन्छ कि भनेर आफूहरु डराएको बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे ।

उनले भनेका छन् “अहिले जुन ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी व्याख्या, अब व्याख्या विभिन्न कोणबाट भईरहेको छ। हामीलाई एउटै डर यहि मात्रै छ कि यो राजनीति दल उनै दल जस्तो होकी भनेर चार पाँच वर्षमा अरु जस्तै भाष्य प्रमाणित गरिन्छ कि भनेर हामीलाई डर छ।”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःशर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लामीछानेले भने “सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”

Related Articles

Leave a Comment