Home » यस्तो छ आजको मौसम पूर्वानुमान,काठमाडौंमा राती वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान,काठमाडौंमा राती वर्षाको सम्भावना

by newnagarikdiary
0 comment

शिर्षक: यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

Related Articles

Leave a Comment