Home » मेनुकाको कोकील गायनमा जजको रुवाबासी, अडिशनबाटै ईन्डियन आईडलको टप १५ मा

मेनुकाको कोकील गायनमा जजको रुवाबासी, अडिशनबाटै ईन्डियन आईडलको टप १५ मा

by newnagarikdiary
0 comment

शिर्षक: मेनुका पौडेले अडिशनबाटै ईन्डियन आईडलको टप १५ मा, अबको शानदार प्रस्तुती कुरौं

नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् ।

मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिएकी थिइन् । अडिसनमा उनले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।

दृष्टिविहन भएपनि आफूलाई भगवानले धेरै कुरा दिएर सफल बनाएको कथा सुनाउँदै उनले जजहरुलाई चकित पारिन । ईन्डियन आईडलको अडिसन मन्चमा जजले को संग आउनुभो यहाँ सम्म भन्दा एक्लै आफू आएको बताउँदै उनले एकछिन जजहरुसंग गन्थन मन्थन गरिन । आफूले केवल गाडी नचलाउने तर ड्राईभरको नजिक बस्ने, प्लेन नचलाएपनि पाईलटको नजिक बस्ने भन्दै खाना पकाउन सक्ने भन्दै आफनो कहानी सुनाईन ।

उनले जसरी सुरुवात गरिन ईन्डियन आईडलको मन्चनै एकछिन बडो शून्यतामा पुग्यो अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । र उनले गोल्डेन माइक प्राप्त गर्दै टप १५ मा सेलेक्ट भएकी छन् ।

उनले गाउँदै गर्दा तिनजना जजले आफूहरुले म्युजिकको बारेमा सुनेको तर मेनुकामा म्युजिकनै देखेको भन्दै तारिफ गरे । यो सगै भारतिय र नेपाली मिडियामा छाएकी मेनुकाले आफू दृष्टिविहिन अपाङ्गता भएको कुनै दुख प्रकट गरिनन बरु उनि नेपालकै लागि संगीतको नक्षत्र बनिसकिन । ईन्डियन आईडलको टप १५ मा छानिएकी मेनुकाले अब दिने स्टेज शो र सिकाई थप परिस्कृत रहोस शुभकामना मेनुका पौडेल

‘शो’ का निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए । झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् ।

Related Articles

Leave a Comment