Home » मुलुकलाई संकटबाट पार लगाउने शक्ती एमाले: गोकर्ण विष्ट

मुलुकलाई संकटबाट पार लगाउने शक्ती एमाले: गोकर्ण विष्ट

by newnagarikdiary
0 comment

मुलुकलाई संकटबाट पार लगाउने शक्ती एमाले: गोकर्ण विष्ट

एमाले सचिव गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरेका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले आर्थिक-सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको उनको भनाई छ ।

सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता औंल्याए ।

पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक-सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा एमाले पार्टी अगाडि बढिरहेको उनले बताए ।

विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए । पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनु पर्नेमा उनको जोड थियो ।

Related Articles

Leave a Comment