Home » मुलुकको भुराजनीति तथा सामरिक चुनौति: उदयीमान शक्ती-बिचमा नेपाल

मुलुकको भुराजनीति तथा सामरिक चुनौति: उदयीमान शक्ती-बिचमा नेपाल

by newnagarikdiary
0 comment

शिर्षक: मुलुकको भुराजनीति तथा सामरिक चुनौति पेचिलो र असुरक्षित बन्दै गएको भन्दै विज्ञहरूको चिन्ता
मुलुकको भुराजनीति तथा सामरिक चुनौति पेचिलो र असुरक्षित बन्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

मुलुकको भुराजनीति तथा सामरिक चुनौति पेचिलो र असुरक्षित बन्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । विश्वका दुई उदयिमान शक्ति राष्ट्र र पश्चिमाहरूको पछिल्लो समय देखा परेको नेपालप्रतिको चासोले त्रिकोणात्मक सुरक्षा संवेदनशिलता बढदै गएको भन्दै अब राजनीतिक शक्तीहरु एकठाउँमा उभिनुपर्ने भन्दै विज्ञहरुले सुझाएका छन् । प्राज्ञिक बहस, परराष्ट्र मामिलाका जानकार तथा विज्ञहरुको साझा मन्चमा पुन बहस सुरु गर्नु पर्ने समय आएको विज्ञहरुले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजनीति देश केन्द्रीत भन्दा पनि सत्ता केन्द्रित हुँदा र कसैको आड लिएर सत्तामा टिकिराख्ने परिस्थितिले नेपालको भु राजनीति पेचिलो बन्दै गएको र खतरामा परेको भन्दै स्थायी शक्तिहरू कमजोर बन्दै गएको समयमा गम्भिर भएर सोच्नु पर्ने बेला आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।

पूर्व राष्ट्रपतिका सल्लाहकार तथा प्रध्यापक लालबाबु यादवले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका संघसंस्थाले नेपालको विभिन्न विषयमा चलखेल गरेको हुनाले यसमा ध्यान दिन जरूरी रहेको बताएका छन् । उनले नेपाल भुराजनीतिक तथा सामरिक दृष्टिकोणेले एउटा कमजोर मुलुक साबित भएको हुँदा समग्र नेतृत्व पंक्तिले नेपाल र नपालको हितमा काम गर्न लागिपर्नुपर्ने बताए ।

राजनीतिक अस्थिरताका बिचमा त्रिकोणात्मक द्वन्द्व मा नेपालको सिमा,सुरक्षामा गम्भिर रुपमा खलल पुर्याउने गतिविधिहरु भएका हुँदा राजनीतिक दलहरले नेपालको स्वार्थलाई ध्यानमा राखेर परनिर्भरता घटाएर आतमनिर्भरता बडाउनु पर्ने अवकाश प्राप्त सेनाहरुको तर्क छ ।

राजनीतिज्ञ तथा विज्ञहरुले रणनीतिक सन्तुलन कायम गर्न नसके र मुलुकलाई आत्मनिर्भर बनाउन नसके भविष्यमा ठूलो भुराजनीतिक तथा सामरिक विषयले जटिल रुप लिने बताएका छन् । विश्वका उदयीमान र शक्तिराष्ट्रहरुले सुरक्षा जस्ता विषयलाई प्राथमिकतामा राख्दा नेपालमा बाह्य स्वार्थ अनुकुल सेना कटौति गर्ने विषय मात्र उठान हुनु असामान्य भएको बताएका छन् । आफूसंग जे छ त्यसलाई बचाउने र मुलुकको स्वार्थ फैलाउने सामान्य आधारभूत नीति अवलम्वन गरेपनि चुनौतिहरू सामाना गर्न सकिने विज्ञहरुको तर्क छ ।

Related Articles

Leave a Comment