Home » मानवसेवा आश्रम उध्दार यात्रा २०८०: ३ सय भन्दा धेरैको बृहत उध्दार

मानवसेवा आश्रम उध्दार यात्रा २०८०: ३ सय भन्दा धेरैको बृहत उध्दार

by newnagarikdiary
0 comment

शिर्षक: मानवसेवा आश्रम उध्दार यात्रा २०८०: ३ सय भन्दा धेरैको बृहत उध्दार

सिजन नाछिरिङ राई,संवाददाता
मानवसेवा आश्रमले ‘ यस वर्षकाे चाडपर्वमा काेही नरहुन् सडकपेटिमा’ भन्ने मुल नाराका साथ ” मेची महाकाली राष्ट्रिय उध्दार यात्रा २०८०” सुरु गरि उद्दार संगै बृहत सम्मेलन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले र आनी डाेल्मा फाउन्डेसनले गरेको हुदा अत्यन्त खुशी लागेकाे र संस्थाले सरकारलाई राखेको प्रस्ताव बारे सदनमा पुर्‍याउने र यसकाे विषयमा सरकारका अन्य सदस्यहरु समक्ष राखि सदनबाट पारित गरिने बताए ।

गत असाेज २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननिय प्रधानमन्त्री र गृहमन्त्रीकाे शुभकामना सहित अभियानकाे यात्रा प्रारम्भ भएको जानकारी गराउँदै संस्थाका अध्यक्षले मेची महाकाली राष्ट्रिय उद्वार यात्रा-पूर्व पश्चिम राजमार्गका सातैवटा प्रदेशका प्रमुख सडक खण्ड मुख्य मुख्य सहर , पालिकाहरु तथा काठमाडौं उपत्यकाका सडक पेटी तथा सार्वजनिक स्थलमा जाेखिमपुर्ण जिवन बताउन विवश ३ सय भन्दा बढी सहयोगापेक्षी सडक आश्रति मानवहरुकाे बृहत उध्दार गरि उनीहरूकाे मानवाेवित व्यवस्थापन भएको उनले बताए ।

वर्षौं देखी खुला आकाशमुनि रात बिताउन बिवश घर बिहिन परिवारविहिन , परिवार तथा समाजबाट परित्याग गरिएका व्यक्तिहरुका लागि भनेर केही युवा मिलेर सडकमा वेबारिसे जीवन बिताइरहेका मानवकाे उध्दारका लागि `मानव सेवा आश्रम नामक सामाजिक संस्था स्थापना गरेको बताए ।

स्थापनाकालदेखिकाे लक्ष्य अनुसार आश्रयले विसं २०८० सालसम्म देशलाई सडक मानव मुक्त बनाउने संङ्कल्प रहेको उनलेे साेमबारकाे उक्त कार्यक्रममा बताए । मानवसेवा आश्रमका संस्थापक /अध्यक्ष रामजी अधिकारीका अनुसार मानवसेवा आश्रमले ‘ यस वर्षकाे चाडपर्वमा काेही नरहुन् सडकपेटिमा’ भन्ने मुल नाराका साथ ” मेची महाकाली राष्ट्रिय उध्दार यात्रा २०८०” सुरु गरेको उनले बताए । स्थापनाकालको ११ वर्ष बिताइसकेको र आश्रमले आनी छाेइङ डाेल्मा फाउन्डेसनको सहकार्यमा उद्दार यात्रा गरेको र दुवै संस्थाकाे सहकार्यमा सुरु भएको यस यात्रामा लाग्ने सम्पूर्ण खर्चको आर्थिक भार आनी छाेइङ डाेल्मा फाउन्डेसनकी अध्यक्ष आनी छाेइङ डाेल्माले व्यहोर्नु भएका साथै उक्त उध्दार यात्रामा समेत आनि छोईङ डोल्माको सहभागीता भएको उनको भनाइ रहेको थियो ।

साेमबार राष्ट्रिय सभा गृहमा मानवसेवा आश्रम तथा आनी छाेइङ डाेलमा फाउन्डेसन द्वारा आयाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रेष्ठ अन्य प्रदेशका मुख्य मन्त्री लगायत नेपाल सरकारका उच्चस्तरीय व्यतित्वहरुका साथै मानवसेवा आश्रमसँगै हातेमालो आउनु भएका बरिस्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Comment